लुम्बिनीलाई एपिएफले ७ विकेटले हरायाे, फाइनल यात्रा कायमै

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशलाई ७ विकेटले हराउँदै एपीएफले फाइनल यात्रा कायमै राखेको छ।

भैरहवास्थित एक्स्ट्राटेक ओभलमा सोमबार सम्पन्न खेलमा टस जितेर ब्याटिङ गरेको लुम्बिनीले २२३ रन बनाएको थियो।

लुम्बिनीले दिएको २२४ रनको लक्ष्य पछ्याएको एपीएफले ४१.५ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो। एपीएफका लागि पुरन विकले सर्वाधिक ७२ रनको अविजित पारी खेले। कप्तान रोहित पौडेलले ७१ रन बनाए। ओपनरद्वय लोकेश बम र आसिफ शेखले क्रमशः २१ र १८ रन बनाए। सन्दीप जोराले २१ रनको अविजित पारी खेले।

लुम्बिनीका एक बलरले मात्र विकेट लिए। राजेन्द्र बमले एपीएफको ३ विकेट लिए। त्यसअघि पहिलो इनिङ्समा ब्याटिङ गरेको लुम्बिनीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २२३ रन बनाएको थियो। लुम्बिनीका लागि कप्तान देव खनालले सर्वाधिक ६३ रनको अर्धशतकीय पारी खेले। उनले ७९ बलमा ४ चौका प्रहार गरे।

ओपनर ब्याटर मिर्नाल गुरुङले ५५ रनको अर्धशतकीय पारी खेले। अर्का ओपनर सम्राट भुसाल ३ रनमै पेभेलियन फर्किए। आकाश त्रिपाठीले २२ र प्रज्वल थापाले २० रन बनाए। निर्मल गुरुङ २० रनमा अविजित रहे। अमर सिंह रौतेला र अभिषेक गौतमले समान ३-३ विकेट लिए। मौसम ढकालले २ विकेट लिए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको