जुनियर टेबलटेनिसका लागि १२ खेलाडी छनाेट

काठमाडौं । दक्षिण एसियाली जुनियर टेबलटेनिस प्रतियोगताका लागि १२ खेलाडी चयन भएका छन्।

अखिल नेपाल टेबलटेनिस संघले आयोजना गरेको दुई दिने छनोट प्रतियोगिताबाट यु१९ मा ब्वाइजतर्फ प्रवेश बस्नेत, गनन्जय दाहाल र हिमाल विस्ट तथा गल्र्समा इभाना थापा, बिका राई र योन्जी पौडेल चयन भएका हुन्। पुरुषमा रुविन महजन र महिलामा दिया देउवा वैकल्पिकमा छन्।

यसैगरी यु१५ उमेर समूहमा ब्वाइजमा प्रजित भट्टराई, ज्यस्नु महर्जन र आर्यन शाही तथा गल्र्समा शुभश्री श्रेष्ठ, प्रजिना महर्जन र सुरम्या शाक्यले छनोट चरण पार गरे। पुरुषतर्फ रिजन शाक्य र महिलातर्फ सिर्या शाक्य वैकल्पिकमा छन्।

दक्षिण एसियाली जुनियर टेबलटेनिस प्रतियोगिता नेपालमै अप्रिल २४ देखि २७ तारिखसम्म हुँदैछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको