काठमाडौं। इण्डियन प्रिमियर लिग (आईपीएल)को आइतबार भएको खेलमा मुम्बईले इण्डियन्सले चेन्नाई सुपर किंग्सलाई पराजित गरेको छ। मुम्बईमा भएको खेलमा चेन्नाईलाई ९ विकेटले पराजित गर्दै मुम्बईले जारी आईपीएलमा चौथो जित हासिल गरेको छ।
चेन्नाईले दिएको १७७ रनको लक्ष्य मुम्बईले १५.४ ओभरमा मात्र एक विकेट गुमाएर पुरा गर्यो। मुम्बईका लागि रोहित शर्मा र सुर्यकुमार यादवले अर्धसतक बनाए। रोहिले ४५ बलमा ४ चौका र ६ छक्काको मद्दतमा ७६ रन बनाए भने सुर्यकुमारले ३० बलमा ६ चौका र ५ छक्का प्रहार गरि ६८ रन बनाए। चेन्नाईका रविन्द्र जडेजाले एक विकेट लिए।
यसअघि टस हारेर पहिला ब्याटिङको गरेको चेन्नाईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७६ रन बनाएको थियो। चेन्नाईका रविन्द्र जडेजा र शिवम दुबेले अर्धसतक बनाए। जडेजाले ३५ बलमा ५३ बनाए भने दुबेले ३२ बलमा ५० रन बनाए। मुम्बईका जस्प्रित बुमराहले दुई विकेट लिए।
जितसँगै मुम्बई ८ अंकका साथ तालिकाको छैठौँ स्थानमा आएको छ। चेन्नाई अंक तालिकाको पुछारमा रहेको छ।