क्यानद्वारा कोर क्याम्पकाे घाेषणा

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने आइसिसी क्रिकेट विश्वकप लिग-२ शृंखलाको तयारीका लागि ‘कोर क्याम्प’को घोषणा गरेको छ ।

पहिलो चरणमा ४९ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरिएको थियो। तर, ४९ सदस्यीय टोलीमा यू-१९ विश्वकप छनोट टोलीका नरेन भट्ट, युवराज खत्री र सन्तोष यादव थपिएका हुन्।

क्यानले छनोट गरेको खेलाडीहरूलाई नेपाल ब्लु, नेपाल ग्रीन, नेपाल रेड र नेपाल एल्लो गरी चार समूहमा विभाजन गरिएको छ।

यी चारवटै टोलीका बीचमा अभ्यास खेलहरू खेलाइने छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको