काठमाडौं। सार्थक खेल संसारले नेपाली खेलकुद क्षेत्रको भविष्य उजागर गर्ने लक्ष्यसहित युथ गेम्स २०८२ आयोजना गर्ने घोषणा गरेको छ।
बिहिवार पत्रकार सम्मेलनको आयोजना गर्दै आगामी मंसिर १३ देखि २० गतेसम्म काठमाडौंमा विभिन्न खेल विधामा प्रतिस्पर्धा हुने उक्त खेलकुद प्रतियोगिताको तयारी सुरु भएको हो।
प्रतियोगितामा १५ वर्ष मुनिका खेलाडी सहभागी हुनेछन्। फुटबल, बास्केटबल, भलिबल, क्रिकेट, एथलेटिक्स र ई-स्पोर्ट्सजस्ता ६ खेल विधामा प्रतिस्पर्धा हुनेछ।
कार्यक्रमको उद्देश्य नव प्रतिभाको पहिचान र खेलकुदको विकासमा योगदान पुर्याउनु रहेको आयोजकले जनाएको छ।