काठमाडौं । कफी क्लबको आयोजनामा तेश्रो पिल्मो फेमिली कफी क्लब च्यारिटी फुटसल प्रतियोगिता शनिबार हुने भएको छ।
प्रतियोगिताको पुरुषमा ३४ तथा महिलामा १० टिमले प्रतिस्पर्धा गर्ने आयोजक क्लबका अध्यक्ष शैलेश लिम्बूले जनाएका छन्। नकआउट आधारमा हुने प्रतियोगिताको प्रत्येक खेल १५ मिनेटको हुनेछ।
पुरुष÷महिला दुवैमा पहिलो हुनेले २५ हजार तथा दोश्रो हुनेले १२ हजार नगद पुरस्कार प्राप्त गर्ने छन्। उत्कृष्ट खेलाडीलाई पनि नगद पुरस्कार दिइने छ। प्रतियोगिता सञ्चालन गर्न करिब ४ लाख रुपैयाँ खर्च हुने अध्यक्ष लिम्बूले जानकारी गराए। प्रतियोगिताबाट संकलित रकमबाट एक जना विपन्न परिवार वा जेहेन्दार विद्यार्थीलाई ५० हजार आर्थिक सहयोग प्रदान गरिने छ।
एकदिने प्रतियोगिताका खेलहरु सुनाकोठीस्थित वाखत फुटसलमा खेलाइने छ । कफी क्लब खेलकुद, सामाजिक कार्यलगायतको क्षेत्रमा कृयाशिल संस्था हो।