काठमाडौं । यूईएफए युरोपा लिगको लिग चरणको पहिलो खेलमा एसी मिलान बेन्फिकासँग २–० गोलले पराजित भएको छ। सान सिरोमा बुधबार राति भएको खेलमा बेन्फिकाले दुवै हाफमा एक–एक गोल गर्दै जित निकालेको हो।
बेन्फिकाका लागि डोडी लुकेबाकियोले १६औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए। ज्याकुब कामिन्स्कीको पासमा लुकेबाकियोले गोल गरेका थिए।
दोस्रो हाफको ५३औँ मिनेटमा ज्याकुब कामिन्स्कीले गोल गर्दै बेन्फिकाको अग्रता २–० बनाए। सो गोल सोफियान एल करौआनीको क्रसमा भएको थियो।
त्यसपछि एसी मिलानले गोल फर्काउने प्रयास गरे पनि बेन्फिकाको रक्षापंक्तिले अग्रता जोगायो। गोलरक्षक अनातोली ट्रुबिनले पनि महत्वपूर्ण बचाउ गर्दै बेन्फिकालाई क्लिन सिटसहित जित दिलाउन योगदान गरे।
यस जितसँगै बेन्फिकाले युरोपा लिगको लिग चरणमा ३ अंक जोडेको छ भने एसी मिलानले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ। बेन्फिकाका लागि यो एसी मिलानविरुद्ध आधिकारिक खेलमा पहिलो जितसमेत हो।