४६औं चेस ओलम्पियाडमा नेपाली चेस टोलीकाे दोहोरो जित

काठमाडाैं। उज्बेकिस्तानको समरकन्दमा जारी ४६ औं चेस ओलम्पियाडमा नेपाली चेस टोलीले दोश्रो चरणको खेलमा उत्कृष्ट प्रदर्शन गरि प्रभावशाली जीत दर्ता गरेका छन्।

बिहिबार सम्पन्न दोश्रो चरणको खेलमा खुल्ला तर्फ नेपतलले कोमोरोस आइल्याण्डस् सँग चुनौती पेश गर्दै ४-० को सहज जीत दर्ता गर्न सरल भएका छन्। सिएम पुरुषोत्तम सिलवाललाई विश्राम दिएको खेलमा नेपालका एफएम रुपेश जैसवाल, सिएम सुश्रुत दाहाल, आशिष फुयाँल र राजन सुबेदीले आ–आफ्नो खेल जित्दै नेपाललाई क्लिन स्वीप दिलाए।

यसअघि पहिलो चरणमा नेपालका आशिष् फुयाँलको बराबरी सँगै नेपालले बलियो डेनमार्कसँग ३.५–०.५ को हार बेहोरेको थियो। प्रशिक्षक किरिल देरिनोभको क्याप्टेनसिपमा खेलेको दोश्रो चरण अन्तर्गत २१५१ रेटेड रुपेश जैसवालले कोमोरोसका १८६१ रेटेड मोहमद इस्माइल अजिराड्जिलाई, २०३८ रेटेड सिएम सुश्रुत दहालले १८०६ रेटेड मोहमद अब्दोलाई पराजित गरेका छन्।

यस्तै २००८ रेटेड आशिष फुयाँलले १६७७ रेटेड अजहर सैद विरुद्ध वाकओभर पाए भने १९६७ रेटेड राजन सुवेदीले १७०१ रेटेड ओमर एमचझ्गामालाई हराए। यसैगरी एफएम रिजेन्द्र राजभण्डारीको प्रशिक्षणमा रहेको महिला तर्फ नेपाली टोलीले अफगानिस्तानमाथि ४–० को शानदार नतिजा निकाल्दै प्रतियोगितामा पहिलो जीत दर्ता गरेका छन्।

जसमा एन्जल महर्जनले सेतारेह अजिजिलाई, कृतिसरा अधिकारीले नूरीन गोउहरिलाई, पूजा भण्डारीले गुनेश बेल्कसलाई र सिन्दिरा जोशीले जैनव फराहमन्दलाई पराजित गरेका हुन्। नेपाल महिला टोलीका कप्तान रिजेन्द्र राजभण्डारी रहेका छन्। यससँगै नेपालको पुरुष टोलीले २ अंक जोड्न सफल भएका छन् भने ब्यक्तिगत रुपमा आशिषको १.५ अंक सहित आज विजयी भएका सबै खेलाडीको समान १-१ अंक खातामा जम्मा भएको छ।

४६औँ चेस ओलम्पियाड सेप्टेम्बर १५ देखि २७ सम्म समरकन्दमा भइरहेको छ। ओपन र महिला दुवै विधामा ११ चरणको स्विस प्रणाली क्लासिकल प्रतिस्पर्धा हुँदैछ। यस संस्करणमा विश्वभरबाट चार सयभन्दा बढी राष्ट्रिय टोली सहभागी छन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको