काठमाडाैँ। नेपाली खेलाडी सोहन पाठक र हृदयणी बस्नतेले २१ औं वाटा (डब्लुएटीए) अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण जितेका छन्। सोहनले पुरुष २४ केजीमुनि र हृदयणीले महिला २९ केजीमुनि स्वर्ण जितेको टोलीका प्रशिक्षक सरोज तामाङले जनाएका छन्।
जापानको ओसाकामा अप्रिल २५ देखि २७ तारिखसम्म भएको प्रतियोगितामा नेपाली खेलाडीले थप १ रजत र २ कांस्य पनि जिते। महिला ३४ केजीमुनि जोलिना बस्नेतले रजत जितिन्।
एकल पुम्सेको पुरुष १४ वर्षमुनि आश्रय उपाध्याय तथा १२ वर्षमुनि सक्षम श्रेष्ठले कांस्य हात पारे। प्रतियोगितामा १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता काजल श्रेष्ठले निर्णायकको भूमिका निर्वाह गरेकी थिइन्। काजलले यसै प्रतियोगिताको २० औं संस्करणमा पनि निर्णायकको भूमिका निर्वाह गरेकी थिइन्।


