बार्सिलोना ३–० ले पराजित


काठमाडौं । मैत्रीपूर्ण खेलमा स्पेनिस महारथी बार्सिलोना लिग वान क्लब मोनाकोसँग ३–० गोलअन्तरले पराजित भएको छ।

पहिलो हाफमा गोलरहित बराबरी खेलेको बार्सिलोना दोस्रो हाफमा सम्हालिन सकेन।

मोनाकोले दोस्रो हाफको सुरुमै कर्टेन रेजरमा लामिन कामाराको गोलबाट अग्रता लिएको थियो भने ब्रिल एम्बोलोले अग्रता दोब्बर पारे। इल्के गुन्डोगानले टाउकोमा चोट लागेपछि मैदान छाडेका थिए भने फ्लिकले लामिन यामाललाई मैदानमा उतारेका थिए।

१७ वर्षीय खेलाडी मैदान उत्रिएपछि केही समयका बार्सिलोनाका समर्थक उत्साहित भएका थिए। तर, क्रिश्चियन माविसाले मोनाकोको तेस्रो गोल गरेपछि बासिलोना स्तब्ध भयो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको