चर्च ब्वाइजलाई हराउँदै पारो अघिल्लो चरणमा


काठमाडौं । एएफसी च्यालेन्ज लिगको प्रारम्भिक छनोट अन्तर्गत भुटानको पारो एफसीविरुद्ध नेपालको चर्च ब्वाइज युनाइटेसँग पराजित भएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार सम्पन्न खेलमा चर्च ब्वाइज पारोसँग २-१ गोलले पराजित भएको हो।

पारोको जितमा किंगा वाङचुक र विलियम ओपोकुले गोल गरे। यता, चर्च ब्वाइजका लागि लाकेन लिम्बूले गरेको पहिलो गोल सान्त्वना बन्यो।

खेलको ३८औं मिनेटमा लाकेन लिम्बूको गोलमा सुरुआती अग्रता बनाएको चर्च ब्वाइजले उक्त अग्रता दुई मिनेट पनि टिकाउन सकेन।

पोरोका लागि किंगा वाङचुकले ४०औं मिनेट गोल गर्दै खेल १-१ को बराबरी अबस्थामा ल्याए।

पारोका लागि विलियम ओपोकुले ६७औं मिनेटमा गोल गर्दै खेलमा १-२ को अग्रता दिलाए।

त्यसपछि बाँकी समय थप गोल नहुँदा पारो विजयी भयो।

योसँगै चर्च ब्वाइज यस छनोट चरणबाट बाहिरिएको छ भने, पारो अघिल्लो चरणमा प्रवेश गरेको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको