
३० साउन, काठमाडौं । कर्णालीको सुर्खेतमा हुने १०औं राष्ट्रिय खेलकुदका लागि कार्यविधि तयार भएको छ।
बुधबार युवा तथा खेलकुद मन्त्रालयमा खेलकुद मन्त्री तेजुलाल चौधरी र सदस्यसचिव टंकलाल घिसिङको टोलीले कार्यविधिमा छलफल गरी कार्यविधिको टुंगो लगाएको हो।
कार्यविधिमा खेलाडी, प्रशिक्षक, अफिसियल र रेफ्रिको पोशाक, खेल सामाग्री,व्यवस्थपकीय पक्ष, १० औं राष्ट्रिय खेलकुदमा लागु हुने निती नियमको बारेमा छलफल गरिएको हो।
यसमा प्रतियोगिता आयोजकको जिम्मेवारी पाएको कर्णाली प्रदेशले अन्य केही आवश्यक कार्य गर्ने समेत गर्नेछ। कार्यवीधिले हालको अवस्थालाई हेरी कार्यवीधि बनाएको हो। यसै अनुसार बजेटको खाका बनाउनु पर्ने हुँदा कार्यवीधिको कामलाई सकिएको राखेपले बतायो।
आउँदै गरेको १० औं राष्ट्रिय खेलकुदको १०० दिनको काउन्ट डाउन सुरु भइसकेको छ। जसले गर्दा कार्यवीधि पनि तय गरिएको मन्त्रालयले बतायो।