काठमाडौं । नेपाल प्रिमियर लिग(एनपिएल)को अंक तालिकामा शीर्ष स्थानमा रहेको साविक विजेता लुम्बिनी लायन्सले पहिलो संस्करणको च्याम्पियन जनकपुर बोल्ट्ससँग खेल्दैछ ।
जनकपुर र लुम्बिनीबीचको खेल बिहिबार मध्यान्ह १२ः३० मा कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुनेछ । पहिलो खेलमा सुदूरपश्चिम रोयल्सलाई हराएको लुम्बिनीले दोस्रो खेलमा चितवन राइनोजसँग अंक बाडेको थियो । मंगलबार भएको पछिल्लो खेलमा पोखरा एभेन्जर्सलाई सहज रुपमा हराएको लुम्बिनी ५ अंकका साथ शीर्ष स्थानमा छ ।
जनकपुर पहिलो खेलमा कर्णाली याक्स र पछिल्लो खेलमा विराटनगर किंग्ससँग पराजित भएको थियो । जनकपुर दोस्रो र तेस्रो खेलमा विजयी हुदै ४ अंकका साथ चौथो स्थानमा छ । पहिलो संस्करणमा च्याम्पियन भएको जनकपुर यसपटक पनि च्याम्पियन बन्ने लक्ष्यमा छ ।
आजै हुने दोस्रो खेलमा विराटनगर किंग्सले काठमाडौं गोर्खाजको सामना गर्दैछ । काठमाडौं र विराटनगर बीचको खेल साँझ ५ बजे पछि सुरु हुनेछ ।

पछिल्लो खेलमा रोमाञ्चक जित हासिल गरेका दुवै टोली यस खेलमा पनि सोहि लयका साथ मैदान उत्रदै छन् । विराटनगर खेलेको ४ मध्ये समान २ जित र हारका साथ तालिकाको दोस्रो स्थानमा छ । दुई मात्र खेल खेलेको काठमाडौं २ अंकका साथ सातौं स्थानमा छ ।