आर्सनलको अपराजित यात्रा कायमै

काठमाडौं। यूईएफए च्याम्पियन्स लिगको लिग चरणमा आर्सनलले स्लाभिया प्रागलाई २–१ गोलले पराजित गरेको छ।

बुधबार राति भएको खेलमा आर्सनलका लागि नोनी माडुएकेले नवौँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। ३८औँ मिनेटमा भिक्टर ग्योकेरेसले गोल थपेपछि आर्सनल पहिलो हाफमै २–० ले अघि बढ्यो।

खेलको ९०औँ मिनेटमा भिक्टर नोवाकले स्लाभियाका लागि एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।

यस जितसँगै आर्सनलले चार खेलबाट १० अंक जोडेको छ। आर्सनलले च्याम्पियन्स लिगको जारी लिग चरणमा अपराजित यात्रा कायम राखेको छ। स्लाभिया प्रागको भने चार खेलबाट एक अंक मात्रै छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको