रियलको च्याम्पियन्स लिगमा अपराजित यात्रा कायम

काठमाडौं। यूईएफए च्याम्पियन्स लिगको लिग चरणमा रियल म्याड्रिडले एईके एथेन्सलाई ३–२ गोलले पराजित गरेको छ।

एईकेको घरेलु मैदानमा भएको खेलमा रियलले सुरुवाती अग्रता बनाए पनि घरेलु टोलीले अन्तिम समयसम्म कडा चुनौती दिएको थियो।

खेलको १२औँ मिनेटमा अबुबाकरी कोइटाले गोल गर्दै एईकेलाई अग्रता दिलाए। तर, ३२औँ मिनेटमा जुड बेलिङ्घमले गोल गर्दै रियललाई बराबरीमा फर्काए।

दोस्रो हाफमा एईकेका लागि स्टाभ्रोस पिलियोसले ७५औँ मिनेटमा गोल गर्दै टोलीलाई फेरि अग्रता दिलाए। तर, ७८औँ मिनेटमा किलियन एम्बाप्पेले गोल गर्दै रियललाई पुनः बराबरीमा ल्याए।

खेलको इन्जुरी समयमा फेडेरिको भाल्भेर्देले ९०औँ मिनेटमा गोल गर्दै रियलको जित सुनिश्चित गरे।

यस जितसँगै रियलले चार खेलबाट १२ अंक जोडेको छ। टोली लिग चरणमा अपराजित रहँदै आफ्नो शतप्रतिशत जितको यात्रा कायम राख्न सफल भएको छ। एईकेको भने चार खेलबाट तीन अंक छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको