नेदरल्यान्ड्स विजयी


काठमाडौँ । आइसीसी विश्वकप लिग टु सिरिज अन्तर्गतको खेलमा नेदरल्यान्ड्सले अमेरिकामाथि जित हासिल गरेको छ।

नेदरल्यान्ड्सको स्पोर्टपार्क वेस्टवलेट, द हेगमा बिहिबार सम्पन्न खेलमा घरेलु टोलीले पाहुना टोली अमेरिकामाथि १९ रनको विजयी हासिल गरेको हो।

नेदरल्यान्ड्सले दिएको २३८ रनको लक्ष्य पछ्याएको अमेरिकाले ४९.५ ओभरमा अल आउट हुँदै २१८ रन मात्र बनायो।

पाहुना टोली अमेरिकाका लागि का लागि मिलिन्ड कुमारले सर्वाधिक ६९ रन जोडे। उनले केवल ७९ बलमा ४ चौका र १ छक्का प्रहार गरे।

आरोन जोन्सले ७० बलमा ४७, ओपनर स्मिथ पटेलले ४६ बलमा ३८, शाल्डि भान साक्वयले ४९ बलमा २१, शयान जाहिङ्गरले २५ बलमा २० रन जोडे।

यता, घरेलु टोली नेदरल्यान्ड्सका लागि भिभियन किंग्माले ३, आर्यान दत्त, पल भान मेकरम र शरिज अहमदले समान २ तथा काइल क्लेनले १ विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २३७ रन जोडेको थियो।

यो नतिजासँगै ८ टोली सहभागी लिग टु को अंक तालिकामा नेदरल्यान्ड्स ८ अंकका साथ तेस्रो स्थानमा उक्लिएको छ। यता, पराजित अमेरिका २ अंकका साथ छैटौं स्थानमा छ। स्कटल्यान्ड ९ अंकका साथ शीर्ष स्थानमा रहेको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको