स्किब्स र हेम्सलाई सफलता

काठमाडाैं। स्किब्स र हेम्सले १८ औं टीआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा सोमबार जित हात पारेका छन्।

हात्तीगौडास्थित आयोजक ठुङरम इन्टरनेसनल एकेडेमी (टीआईए) को कोर्टमा स्किब्सले मनकामनालाई ५३–३४ ले पराजित ग¥यो। स्किब्सको जितमा सफल रानाभाटले ११ अंक योगदान गरे। युवराज महतोको १२ अंक सहयोगमा हेम्सले एलआरआईलाई ३९–२९ ले हरायो।

सिनियर ब्वाइजमै बीएमसीएले रिलायन्स को–एडलाई ३९–३७ तथा त्रिज्योतिले हेराल्डलाई ३२–२१ ले पाखा लगाए। बीएमसीएका साजन कार्कीले १२ तथा त्रिज्योतिका नवाङ शेर्पाले १० स्कोर गरे।

सिनियर गल्र्समा रिब्सले एलआरआईलाई ३०–९, बौद्ध चिल्ड्रेन हेभन स्कुलले विल्सन एकेडेमीलाई २५–२३ र मातृभूमिले जोन डेवीलाई २७–८ ले पन्छाए। रिब्सकी सुप्रिया मल्लले १४, बीएचसीएसकी जस्मिन गुरुङले १० र मातृभूमिकी याङछेन तामाङले ८ अंक बटुले।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको