उपाध्यक्ष लामाविरुद्ध वरिष्ठ उपाध्यक्ष खड्काले बुझाए ज्ञापन पत्र


काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले संघका उपाध्यक्ष दावा लामा लागु औषध कारोबारको मुद्धामा अदालतबाट दोषी ठहर भएकाले कानुन अनुसार कार्वाहीका लागि सम्बन्धित निकायमा आह्वान गरेका छन्।

वरिष्ठ उपाध्यक्ष खड्काले खेलकुद विकास ऐन २०७७ अनुसार लागु औषध कारोवारको मुद्धामा दोषी ठहर भई अदालतबाट कार्वाहीसमेत निर्णय भइसकेको अवस्थामा उपाध्यक्ष लामा पदमा वहाल रहन नसक्ने जिकिर गर्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप), युवा तथा खेलकुद मन्त्रालय र प्रतिनिधिसभाको राज्य व्यवस्था समितिसमक्ष ज्ञापनपत्र बुझाएको बताएका छन्।

वरिष्ठ उपाध्यक्ष खड्काले परिषदका सदस्यसचिव टंकलाल घिसिङ, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी र संसदको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई भेटेर ज्ञापन पत्र बुझाएका हुन्।

सो क्रममा मन्त्री चौधरी, समितिका सभापति खतिवडा र सदस्यसचिव घिसिङले तत्काल कानुनअनुसार कार्वाहीको प्रकृया अगाडि बढाउने प्रतिबद्धता जनाएको एन्फा वरिष्ठ उपाध्यक्ष खड्काले बताए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको