नेपालमा आइसिसी यु–१९ विश्वकप छनोट हुने


काठमाडौं । नेपालले आइसिसी यु-१९ पुरुष विश्वकप एशिया छनोट २०२५ आयोजना गर्ने भएको छ।

छनोट प्रतियोगिता अप्रिल १२ देखि २१ सम्म काठमाडौँमा आयोजना हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।

छनोटमा आयोजक नेपालसँगै अफगानिस्तान, हङकङ, ओमान र संयुक्त अरब इमिरेट्स (युएई) सहभागी हुनेछन्।

प्रतियोगिताको विजेताले २०२६ मा आयोजना हुने आईसीसी यु–१९ पुरुष क्रिकेट विश्वकपमा स्थान बनाउने छन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको