
काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले विजयी सुरुआत गरेको छ।
इप्स्विच टाउनको घरेलु मैदानमा पोटम्यान रोडमा सम्पन्न खेलमा पाहुना टोली लिभरपुल २–० गोलले विजयी भएको हो।
लिभरपुलको जितमा डियोगो जोटा र मोहम्मद सालाहले गोल गरे।
पहिलो हाफमा गोलरहित बराबरी खेलेको लिभरपुलका लागि ६०औँ मिनेटमा जोटाले गोल गर्दै सुरुआती अग्रता दिलाएा थिए।
६५औँ मिनेटमा सलाहले गोल गर्दै खेलमा २–० गोलको अग्रता दिलाए। त्यसपछि बाँकी समय कुनै पनि गोल नहुँदा लिभरपुल खेलमा विजयी भयो।
जितसँगै आर्ने स्लटको प्रशिक्षणमा रहेको लिभरपुलले पहिलो खेलमा तीन अंक जोड्दै लिगमा सुखद सुरुआत गरेको छ।