क्यानाडाको लगातार चौथो हार


काठमाडौं । आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ मा क्यानाडा फेरि पराजित भएके छ।

सोमबार रातिको सम्पन्न खेलसँगै नेदरल्यान्ड्ससम्मिलित त्रिकोणात्मक सिरिजमा क्यानाडा अमेरिकासँग ५० रनले पराजित भएको हो। याे जारी सिरिजमा क्यानाडाले ब्यहाेरेकाे चाैथाे पराजय हाे।

पहिलो खेलमा क्यानाडा नेदरल्यान्ड्ससँग ५ विकेट, दोस्रो खेलमा अमेरिकासँग १४ रन र तेस्रो खेलमा नेदल्यान्ड्सँग ६३ रनले पराजित भएको हो थियो। त्यसअघि भएको चार खेल भने टोलीले लगातार जितेको थियो।

रोटरडाममा भएको खेलमा पहिला ब्याटिङ गरेको अमेरिकाले आठ विकेट गुमाउँदै २७६ रनको लक्ष्य प्रस्तुत गरेको थियो। २७६ रनको लक्ष्य पाएको क्यानाडा ४७ ओभरमा सबै विकेट गुमाउँदै २२५ रन मात्रै बनाउन सक्यो।

क्यानाडाको लागि पराग सिंहले सर्वाधिक ७२ रन बनाए। उनले ८० बलको सामना गर्दै सात चौका र एक छक्का प्रहार गरे। श्रेयास मोभाले ६८ रन बनाए। ९५ बलको सामना गरेका उनले ६ चौका प्रहार गरे।

यता अमेरिकाका साड्ले भानले सर्वाधिक चार विकेट लिएका थिए।

यसअघि टस हारेर ब्याटिङ गरेको अमेरिकाको लागि ओपनर स्मिथ पटेलले सर्वाधिक ७० रन बनाए। उनले ८४ बलमा ११ चौका प्रहार गरे।

चौथो नम्बर क्रिजमा आएका आरोन जोन्सले ५० तथा मिलिन्द कुमारले ४७ रनको योगदान गरेका थिए।

यता, क्यानाडाका साद बिन जफरले सर्वाधिक तीन विकेट हात पारे।

यो नतिजासँगै लिग–२ मा क्यानडा ८ अंकका साथ तेस्रो स्थानमा छ। नेदरल्यान्ड्स १० अंकका साथ शीर्ष स्थानमा छ। नेपाल २ अंकका साथ सातौं स्थानमा रहेको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको