काठमाडौँ । इन्फिनिटी ड्रिम्सको आयोजनामा हुने महिला भलिबलको फ्रेन्चाइज लिग एभरेष्ट वुमन्स भलिबल लिगको मधेश युनाइटेड टिममा काजकिस्तानकी कालिनोभा यभजिनिया अनुबन्ध भएकी छिन्। उनी स्पाइकर पोजिसनमा खेल्छिन्।
३५ वर्षीया कालिनोभाले काजकिस्तानको राष्ट्रिय टिमका साथै काजकिस्तानको लिग खेलेको अनुभव छ। उनको उचाई १८० सेन्टिमिटर छ।
कालिनोभाले मधेश युनाइटेडसँग अनुबन्ध भएकोमा खुसी व्यक्त गर्दै मधेश युनाइटेडबाट खेल्न उत्साहित रहेको बताएकी छिन्।
मधेश युनाइटेडको मार्की प्लेअरमा नेपाली राष्ट्रिय टिमकी स्पाइकर निरुता ठगुन्ना छिन्। यस्तै नेपाली खेलाडीहरुको नाम पनि यसअघि नै सार्वजनिक भइसकेको छ। जसमा राष्ट्रिय टिमकी संगम महतो र शान्तिकला तामाङ तथा यू २० टिमकी एलिशा मानन्धर र आशिका क्षेत्री छन्।
यस्तै हिरा केसी, पुजा थारु र जसना महतो पनि मधेश युनाइटेडको टिममा छन्।


