काठमाडौं । जर्मका गोलरक्षक नोयरले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएका छन्।
जर्मन क्लब बायर्न म्युनिखबाट व्यावसायीक फुटबल खेलिरहेका ३८ वर्षीय नोयरले बुधबार १५ वर्षे लामो अन्तर्राष्ट्रिय फुटबल करिअरलाई विश्राम दिने निर्णय लिए।
सन् २००९ मा अमेरिकाविरुद्धको खेलमार्फत अन्तर्राष्ट्रिय डेब्यू गरेका उनले जर्मनीका लागि १२४ खेल खेलेका छन्। गत महिना युरो कप २०२४ अन्तिर्गत स्पेनविरुद्ध उनी अन्तिमपल्ट जर्मनीको जर्सीमा मैदान उत्रिएका थिए।
उनले समान चार फिफा विश्वकप र युइएफए युरो कपमा जर्मनीको प्रतिनिधित्व गरे। उनको कप्तानीमा जर्मनीले ब्राजिल विश्वकप २०१४ को उपाधि जितेको थियो।


