नेपालले सेमिफाइनलमा भुटानको सामना गर्ने


काठमाडौँ । घरेलु टोली नेपालले साफ यु–२० च्याम्पियनसिपको सेमिफाइनलमा भुटानको सामना गर्ने भएको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको समूह बी को खेलमा भारतले माल्दिभ्सलाई ०–१ गोलले पराजित गरेसँग नेपालले भुटान प्रतद्धिन्द्धी पाएको हो।

भारतको जितमा इन्जुरी समयमा मङ्गलेन्थाङ किपगेनले गरेको गोल निर्णयक बन्यो।

जितसँगै दुई खेलमा ६ अकं जोडेको भारत समूह ‘बी’ को विजेता बन्यो। दुवै खेलमा पराजित माल्दिभ्स अंकविहिन हुँदै बाहिरियो।

यता, नेपाल समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो भने भुटान समूह ‘बी’ बाट उपविजेता बनेको हो।

समूह ‘ए’ को उपविजेता बंगलादेशले सेमिफाइनलमा समूह ‘बी’ को विजेता भारतको सामना गर्नेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको