काठमाडौं । नेपाल भलिबल संघ (एनभिए) ले काभा भलिबलमा सहभागी खेलाडी, टिम अफिसयल र प्रशिक्षकलाई नगद पुरस्कारसहित सम्मान गरेको छ।
शनिबार काठमाडौं एक कार्यक्रमको आयोजना गर्दै काभा भलिबल सहभागी खेलाडीहरूलाई नगदसहित पुरस्कृत गरेको हो।
माल्दिभ्समा सम्पन्न काभा यु–२० भलिबल कस्य पदक जितेको नेपाली महिला भलिबल खेलाडीहरू, प्रशिक्षक र टिम ब्यवस्थापकलाई समान १५ हजारले सम्मान गरेको हो।
यस्तै, भुटानमा सम्पन्न काभाबीच भलिबल रजत पदक जितेको पुरुष टिमका दुई खेलाडी मानबहादुर श्रेष्ठ र दिल बहादुर सुनारलाई नगद ३० हजार तथा सोही प्रतियोगितामा महिलातर्फ स्वर्ण पदक विजेता महिला भलिबल टिमकी कमला पुन र मनिषा चौधरीलाई जनही ६० हजार तथा प्रशिक्षक रुपेश विष्टलाई ४० हजारले पुरस्कृत गरेको हो।
यस्तै, काठमाडौं सम्पन्न काभा वुमन्स नेसन्स लिगमा रजतपदक विजेता महिला भलिबल टिमका खेलाडी र प्रशिक्षकलाई जनही एक लाख दुई हजारसहित सम्मान गरेको हो भने टिम व्यवस्थापक र फिजियोलाई ८२ हजारले सम्मान गरेको हो।
उक्त काभा वुमन्स नेसन्स लिगमा नेपाल फाइनल खेलमा भारतसँग ३-२ को सेटमा पराजित हुँदै च्याम्पियन बन्न असफल भए थियो।


