भदौ ८, काठमाडौँ । आयोजक ग्लेसियर इन्टरनेसनल कलेज र हिमरश्मि ग्लेसियर कप यु–१९ ब्वाइज भलिबल प्रतियोगितामा शनिबार फाइनलमा प्रवेश गरेका छन्।
शान्तिनगरस्थित आयोजकको कोर्टमा भएको सेमिफाइनलमा ग्लेसियरले एन्जल्स हार्टलाई ३–२ तथा हिमरश्मिले बानेश्वर क्याम्पसलाई ३–० ले पराजित गरे।
आइतबारसम्म चल्ने प्रतियोगितामा १६ टिम सहभागी छन्। विजेताले २५ हजार र उपविजेताले १५ हजार नगद पुरस्कार पाउने छन्।


