
काठमाडौं । इंग्लिस प्रिमियर लिग टोटनह्याम हटस्परले एभर्टनलाई पराजित गरेको छ।
शनिबार राति भएको खेलमा टोटनह्याम हटस्परले एभर्टनलाई ४–० को फराकिलो अन्तरले पराजित गरेको छ।
टोटनह्यामको जितमा सन हिउङ मिनले २ गोल गर्दा एभेस विसोउमा र क्रिष्टियन रोमेरोले एक एक गोल थपेका थिए।
टोटनह्यामले घरेलु मैदानमा खेलको १४औं मिनेटमा अग्रता लिएको थियो। एभेसले टिमका लागि पहिलो गोल गरेका थिए। २५औं मिनेटमा सनले गोल गर्दै अग्रता दोब्बर बनाए। पहिलो हाफमा २ गोल गरेको टोटनह्यामले दोस्रो हाफमा अरु २ गोल थपेको थियो।
७१औं मिनेटमा रोमेरोले गोल गरेपछि टोटनह्याम फराकिलो जित तर्फ अग्रसर भयो। ७७औं मिनेटमा सनले व्यक्तिगत दोस्रो गोल गर्दा टोटनह्याम ४–० को जित निकाल्न सफल भयो।
जितसँगै टोटनह्यामले २ खेलबाट ४ अंक बनाएको छ। एभर्टनको भने यो लगातार दोस्रो हार हो।