
काठमाडौं । नेपालको विभागीय टोली एपिएफ क्लबले एएफसी महिला च्याम्पियन्स लिगमा आज उज्वेकिस्तानको पिएफसी नासाफसँग प्रतिस्पर्धा गर्दैछ।
एसियाली फुटबल महासंघ (एएफसी)ले नयाँ स्वरूपमा पहिलोपल्ट महिला च्याम्पियन्स लिग आयोजना गरेको हो। खेल मलेसियाको लिकास मैदानमा हुनेछ।
समूह ‘सी’ रहेको एपिएफले दोस्रो खेलमा घरेलु टोली सवा एफएसँग खेल्नेछ। प्रतियगितामा सहभागिता जनाउन टोली बिहीबार मलेसिया प्रस्थान गरेको थियो।
एएफसीका अनुसार प्रारम्भिक चरणमा १३ टोलीले प्रतिस्पर्धा गर्नेछन्। जसमा एक समूह ‘ए’ मा चार र अन्य तीन समूहमा तीन टोली रहेका छन्। एपिएफले पहिलो पटक महिला च्याम्पियन्स लिगको प्रारम्भिक छनोट खेल्न लागेको हो।