‘द च्याम्पियन कप’ खुल्ला सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिता भदौ २२ देखि


चौतारा । द च्याम्पियन कप सेभेन ए साइड खुला फुटबल प्रतियोगिता भदौ २२ गतेबाट सुरु हुने भएको छ।

चौतारा स्पोर्टिङ क्लबको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो। आयोजक स्पोर्टिङ क्लबका अनुसार प्रतियोगिता २२ गतेदेखि २६ गतेसम्म आयोजना हुनेछ।

प्रतियोगिताको विजेताले ६० हजार, उपविजेताले ३० हजार रुपैयाँ, ट्रफी र मेडल पाउनेछ। यस्तै, उत्कृष्ट गोलरक्षक, डिफेन्स मिडफिल्ड, फरवार्ड, सर्वाधिक गोलकर्तालाई ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।

प्रतियोगिताका लागि टिम दर्ता शुल्क सात हजार पाँच सय तोकिएको छ। टिम दर्ता भदौ १९ गतेसम्म हुनेछ। प्रतियोगिताका सबै खेल दरबारडाँडा खेल मैदान मेलचौरमा सञ्चालन हुनेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको