एभरेस्ट महिला भलिबल लिग असोज १४ देखि


काठमाडौं । पहिलो संस्करणको फ्रेन्चाइजहरू एभरेस्ट महिला भलिबल लिगको मिति घोषणा भएको छ।

आयोजक इन्फिनिटी ड्रीम्स प्रालीले पहिलो संस्करण आगामी असोज १४ देखि १९ गतेसम्म हुने आइतवार जानकारी दिएको छ।

घरेलु र अन्तर्राष्ट्रिय खेलाडीको उपलब्धता र भलिबल क्यालेन्डरलाई‌ ध्यानमा राखेर मिति तय गरिएको बताइएको छ।

सहभागि ६ टोलीले मार्की खेलाडी, प्रशिक्षकसहित टोलीको घोषणा गरिसकेको छ। मधेश युनाइटेडले २ विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ।

प्रतियोगिताको सबै खेल त्रिपुरेस्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा सञ्चालन हुनेछ।

यस्तै लिगको तयारी तीव्र गतिमा भइरहेको आयोजकले जनाएको छ। ६ फ्रेन्चाइजहरू भलिबल टीम काठमाडौं, ललितपुर, मधेश, गण्डकी, चितवन र कर्णालीले सहभागिता जनाउने छन्।

टिम मधेश
निरुता ठगुन्ना ‘ए’, पुजा थारु ‘बि’, संगम महतो ‘बि’, शान्ति तामाङ ‘बि’, हिरा केसी ‘सी’, आशिक क्षेत्री ‘सी’, एलिशा मानन्धर ‘सी’
प्रशिक्षक : भरत यादव

टिम काठमाडौं
उषा भण्डारी ‘ए’, आरती सुवेदी ‘बि’, कोपिला राना ‘बि’, कमला पुन ‘बि’, उषा विष्ट ‘बि’, निशा महर ‘सी’, वसन्ती साउद ‘सी’, रश्मिता दुरा ‘सी’
प्रशिक्षक : जगदीश प्रसाद भट्ट

टिम ललितपुर
सलिना श्रेष्ठ ‘ए’, पुनम चन्द ‘बि’, कामना विष्ट ‘बि’, सफिया पुन ‘बि’, निशा चौधरी ‘बि’, अनुषा चौधरी ‘सी’, नेहा चौधरी ‘सी’, भावना तामाङ ‘सी’
प्रशिक्षक: उत्सव खड्का

टिम चितवन
अरुणा शाही ‘ए’, सलिना बुढा मगर ‘बि’, जेनिशा विश्वकर्मा ‘बि’, एन्जिला प्रधान ‘बि’, सुनिता खड्का ‘बि’, भावना डाँगी ‘सी’, वाल्मिका आचार्य ‘सी’, सरस्वती कट्टेल’सी’
प्रशिक्षक : अर्जुन घिमिरे

टिम गण्डकी
सरस्वती चौधरी ‘ए’, प्रगति नाथ ‘बि’, लक्ष्मी चन्द ‘बि’, रिमा कुँवर ‘बि’, कविता भट्ट ‘बि’, आरति चौधरी ‘सी’, स्नेहा ठगुन्ना ‘सी’, सरस्वती जैशी ‘सी’
प्रशिक्षक : रुपेश कुमार विष्ट

टिम कर्णाली
सुमित्रा रेग्मी ‘ए’, मिना सुनार ‘बि’, मनिषा चौधरी ‘बि’, यमुना रसाइली ‘बि’, सुनिता राई ‘बि’, सृष्टि खड्गी ‘सी’, गरिमा बोहोरा ‘सी’, पशुपति बोहोरा ‘सी’
प्रशिक्षक : कुमार राई


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको