एएफसी महिला च्याम्पियन्स लिगको डेब्यु खेलमा एपिएफ पराजित


काठमाडौं । विभागीय टोली एपिएफ क्लब एएफसी महिला च्याम्पियन्स लिगको डेब्यु खेलमा पराजित भएको छ।

मलेसियाको लिकास मैदानमा आइतबार भएको खेलमा उज्वेकिस्तानको पिएफसी नासाफसँग एपिएफ १–० ले पराजित भएको हो।

नासाफको जितमा लिली निबरले गरेको गोल नै निर्णायक बन्यो। उनले ४९औं मिनेटमा गोल गरेकी थिइन्।

समूह ‘सी’ मा रहेको एपिएफले दोस्रो खेलमा घरेलु टोली सवा एफएसँग खेल्नेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको