काठमाडौं । साफ यु–२० च्याम्पियनसिपमा फाइनल प्रवेशको लागि भारत र बंगलादेश भिड्दै छन्।
सोमबार हुने यी दुई टोलीबीचको भिड्न्त सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा दिउँसो ३ बजे सुरु हुनेछ।
भारत समूह ‘बी’ को विजेता तथा बंगलादेश समूह ‘ए’ को उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेका थिए।
समूह चरणमा भरतले भुटान र माल्दिभ्सविरुद्ध १–० को संघर्षपूर्ण जित निकालेको थियो। भने श्रीलंकालाई २–० ले पराजित गरेको बंगलादेशले नेपालसँग २–१ ले पराजित भएको थियो।
यो खेलको विजेताले उपाधिका लागि नेपालको सामना गर्नेछ। घरेलु टोली नेपाल आइतबार सम्पन्न पहिलो सेमिफाइनलमा भुटानलाई पेनाल्टी सुटआउटमा ४१ ले हराउँदै उपाधि नजिक पुगेको छ।


