भारतलाई पेनाल्टीमा हराउँदै बंगलादेश फाइनलमा


काठमाडौँ । साविक विजेता भारतलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै बंगलादेश साफ यु–२० च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा बंगलादेशले भारतलाई पेनाल्टीमा ४–३ ले पाखा लगाएको हो। निर्धारित ९० मिनेटमा दुवै टोलीले १–१ को बराबरी खेलेपछि विजेताको टुङ्गो पेनाल्टीबाट गरिएको थियो।

पेनाल्टीमा भारतका लागि परमवीर, ग्वाङ्गसार गोएरी र मनजोत सिंहले गोल गरे। तर, केल्भिन सिंह र आकाशको प्रहार मोहम्मद आसिफले रोके। बंगलादेशका अहमेद नोभा, मोइनुल स्लाम, साकिल तोपु र मोहम्मद आसिफले गोल गरे।

अब बंगलादेशले आगामी बुधबार उपाधिका लागि नेपालसँग खेल्नेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको