रातो बंगलाको दोहोरो जित


काठमाडौं । रातो बंगलाले ३० औं ज्ञान कार्निभल अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा सोमबार दोहोरो जित हात पारेको छ।

ब्वाइजमा रातो बंगलाले पाठशाला, बानेश्वरलाई ३६-११ ले पराजित ग¥यो। रातो बंगलाका अक्षित झाले ११ अंक जोडे। गल्र्समा रातो बंगलाले एलआरआईलाई १८-८ ले हरायो। विजयी टिमका लागि नहाना ढंगानाले ९ स्कोर गरिन्। गल्र्सको अर्को प्रतिस्पर्धामा पाठशाला, बानेश्वरले रुपिज इन्टरनेसनललाई १८-४ ले पाखा लगायो।

ब्वाइजको अन्य खेलमा पुष्पसदनले रुपिजलाई २९-८, आइडियल मोडलले मोर्डन इन्डियन स्कुललाई ३३-२२ र एलआरआईले पाठशाला, बागडोललाई ३४-२२ ले पन्छाए। पुष्पसदनका सम्राट लामाले १३, आइडियलका युकिम मगरले ११ र एलआरआईका मन्डी गुरागाईंले १६ स्कोर गरे।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको