सिरी ए : युभेन्टसको लगातार दोस्रो जित


काठमाडौँ । इटालियन सिरी ए मा युभेन्टसले लगातार दोस्रो जित हासिल गरेको छ।

सोमबार राति भएको खेलमा युभेन्टसले भेरोनालाई ३–० गोल अन्तरले पराजित गरेको हो।

युभेन्टसको जितमा डुआन भालोभिकले २ गोल गर्दा निकोलो साभोनाले एक गोल थपेका थिए।

भेरोनाको मैदानमा पाहुना टोली युभेन्टसले २८औं मिनेटमा अग्रता लिएको थियो। भालोभिकले केनन एल्डिजको पासमा गोल गरेका थिए।

३९औं मिनेटमा निकोलो साभोनाले स्यामुएल जर्मेन तासिफुन्डाको पासमा गोल गरेपछि पहिलो हाफमा युभेन्टस २–० ले अघि रहेको थियो।

५३औं मिनेटमा भालोभिकले पेनाल्टीमा गोल गरेपछि युभेन्टस ३–० को अग्रता बनाउन सफल भयो।

इटालियन सिरी ए कै अर्को खेलमा काग्लीअरी र कोमोले एक एक गोलको बराबरी खेल्दै अंक बाँडेका छन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको