काठमाडौं । पोर्चुगल तथा सउदी क्लब अल नासरका कप्तान क्रिस्टियानो रोनाल्डो युइएफए च्याम्पियन्स लिगका अल टाइम टप स्कोररको रुपमा विशेष अवार्डबाट सम्मानित भएकम छन्।
युइएफए च्याम्पियन्स लिगका सबै समयका सर्वाधिक गोलकर्ता रोनाल्डो बिहिवार स्पेसल अवार्डबाट सम्मानित भएका हुन्। “यदि हामीले फुटबलको बारेमा सोच्यौं भने, हामी क्रिसिटानोको बारेमा सोच्दछौं,” युइएफएका अध्यक्ष सेफेरिनले भने।
युइएफए च्याम्पियन्स लिगलाई “विशेष” भन्दै रोनाल्डो भन्छन्, “फुटबल र हाम्रो जीवन सम्झनाहरूद्वारा व्यवस्थित हुन्छ” र प्रतियोगिताको बारेमा सुन्दा आफूले खुसी महसुस गर्ने बताए।
रोनाल्डोले च्याम्पियन्स लिगमा कुल १८३ खेलमा १४० गोल गरेका थिए। उनले पाँचपट उपाधि पनि जितेका छन्। जसमा स्पेनिस महनरथी रियल मड्रिड र प्रिमियर लिग क्लब म्यान्चेस्टर सिटीबाट जितेका हुन्।


