काठमाडौं । साविक विजेता रियल मड्रिडले स्पेनिस ला लिगामा ला लिगामा हारबाट जोगिएको छ।
गएराति सम्पन्न खेलमा पाहुना टोली रियल घरेलु टोली पाल्मासँग १–१ को बराबरी खेल्दै हारबाट जोगिएको हो।
रियलका लागि भिनिसियस जुनियरले गोल गरे भने घरेलु टोली पाल्माको लागि अल्बर्टो मोलेइरोले गोल गरेका थिए।
खेलको पाँच मिनेटमै अल्बर्टो मोलेइरोले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। तर, भिनिसियसले ६९औं मिनेटमा पेनाल्टी किकलाई गोलमा परिणत गर्दै यो सिजनको पहिलो लिग गोल गरेका थिए। त्यसपछि बाँकी समय गोल हुन सकेन।
यो बराबरीसँग जारी सिजन तीन खेलबाट रियलले पाँच अंक जोडेको छ। यता, समान खेलबाट पाल्मासको दुई अंक रहेको छ।


