म्यानचेस्टर युनाइटेडलाई हराउँदै ब्राइटन अन्तिम १६ मा

काठमाडौं। काराबाओ कपको तेस्रो चरणमा म्यानचेस्टर युनाइटेडले दुई गोलको अग्रता जोगाउन नसक्दा ब्राइटनसँग ३–२ गोलले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।

ओल्ड ट्राफोर्डमा बुधबार राति भएको खेलमा युनाइटेडले सुरुवाती १० मिनेटमै २–० को अग्रता बनाएको थियो। शेआ लेसीले आठौँ मिनेटमा गोल गर्दै टोलीलाई अघि बढाए भने मेसन माउन्टले १०औँ मिनेटमा अग्रता दोब्बर बनाए।

तर पहिलो हाफको अतिरिक्त समयमा चारालाम्पोस कोस्तुलासले गोल गर्दै ब्राइटनलाई खेलमा फर्काए। दोस्रो हाफमा पास्कल ग्रोसले ६५औँ मिनेटमा बराबरी गोल गरेपछि म्याक्सिम डे कुपरले ६९औँ मिनेटमा निर्णायक गोल गरे।

यससँगै ब्राइटनले २–० ले पछि परेको अवस्था उल्टाउँदै ३–२ को जित निकालेर काराबाओ कपको अन्तिम १६ मा स्थान बनायो।

युनाइटेडका लागि यो नतिजा ओल्ड ट्राफोर्डमा दुई गोलको अग्रता लिएर हार बेहोरेको ५० वर्षयताकै खलाब लय हाे। यसअघि सन् १९७६ मा टोटनहमविरुद्ध २–० को अग्रता लिएर युनाइटेड घरेलु मैदानमै ३–२ ले पराजित भएको थियो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको