पलेशा क्वार्टरफाइनलमा पराजित


काठमाडौं । नेपाली तेक्वान्दो खेलाडी पलेशा गोबर्धन पेरिस पाराओलम्पिकको क्वार्टरफाइनलमा पराजित भएकी छन्। शुक्रबार भएको खेलमा उनी ब्राजिलकी सिल्भाना फर्नान्डेससँग १०-८ ले पराजित भएकी हुन्।

के-४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनिको यो स्पर्धाको पहिलो चरणमा उनले भेनेजुएलाकी भलेरिया मोराल्सलाई ३१-० ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएकी थिइन्।

यद्यपि, पहिलो चरणमा जित निकालेको भएर पलेशाले रिपाचेज खेल्ने अवसर पाउने छिन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको