
काठमाडौं । आगामी भदौ २० देखि २९ गतेसम्म श्रीलंकामा आयोजना हुने साफ यु–१७ च्याम्पियनसिपका लागि ३० खेलाडी बन्द प्रशिक्षणमा बोलाइएको छ।
अखिल नेपाल फुटबल संघ ९एन्फा०ले शुक्रबार ४२ जना बाट ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको जनाएको छ।
साफ यु१७ च्याम्पियनसिपको लागि नेपालले देशभरबाट खुल्ला छनोट मार्फत प्रारम्भिक चरणमा ४२ खेलाडीलाई छनोट गरिएको थियो।
यस्तै यु–१७ राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा सनोज श्रेष्ठले सम्हालेका छन्।
समूह बी मा रहेको नेपालले पहिलो खेल आगमी भदौ २२ गते भुटानसँग खेल्नेछ भने दोस्रो खेलमा २४ गते भारतको सामना गर्नेछ।