काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिम आईसीसी विश्वकप लिग–२ को तयारीका लागि श्रीलंका जाने भएको छ।
नेपाल क्रिकेटसँग क्यानका अनुसार नेपाली टिमले श्रीलंका डेभलभमेन्ट टिमसँग ३ वटा ५० ओभरको अभ्यास खेल्ने जनाएको छ।
नेपाल टिमले पहिलो आगामी भदौ १८ गते खेल्नेछ भने २० गते दोस्रो, २२ तेस्रो अभ्यास खेल खेल्नेछ।
यस्तै यस प्रतियोगिताको लागि क्यानले रोहितकुमार पौडेलको कप्तानीमा १९ सदस्यीय टोली पनि घोषण गरेछ।
नेपाली क्रिकेट टोली
रोहित पौडेल (कप्तानी), आसिफ सेख, अनिल कुमार साह, देव खनाल, भीम सार्की, आरिफ सेख, कुशल मल्ल, अर्जुन साउद, सोमपाल कामी, करण के सी, गुलशन झा, रिजन ढकाल, ललित नारायण राजवंशी, आकाश चन्द, सागर ढकाल, सन्दीप जोरा, कुशल भुर्तेल, दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने


