सुमन सम्मानित


काठमाडाैँ । नेपाल गोजुरियो कराते डो संघले कराते खेलाडी सुमन तिमल्सिनालाई सम्मान गरेको छ।

संघकै आयोजनामा भएको दक्षिण एसियाली खुला कराते च्याम्पियनसिपका दौरान सुमनलाई सम्मान गरेको हो।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले सुमनलाई प्रशंसा पत्र प्रदान गरी एक कार्यक्रमबीच सम्मान गरे । सुमनले अमेरिकाको फ्लोरिडामा भएको युएस ओपन विश्व मार्सल आर्ट्स च्याम्पियनसिपको सिनियर पुरुष एकल कातामा स्वर्ण जितेका थिए।

दक्षिण एसियाली खुला करातेमा नेपाल ४० स्वर्णसहित टिम च्याम्पियन बन्यो। नेपालसहित ४ राष्ट्र सहभागी प्रतियोगितामा भारतले २३ तथा बंगलादेश र श्रीलंकाले समान १–१ स्वर्ण जिते।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको