आरम्भ कप टेबल टेनिसमा ३ सय ५७ खेलाडी

काठमाडाैं। आरम्भ संस्कार विद्यालयको आयोजनामा हुने आरम्भ कप राष्ट्रिय अन्तरविद्यालय टेबल टेनिस प्रतियोगितामा ३ सय ५७ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्।

लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा बुधबारदेखि सुरु हुने प्रतियोगितामा विभिन्न ४६ विद्यालयका २ सय ६ ब्वाइज र १ सय ५१ गल्र्स गरी ३ सय ५७ खेलाडीको सहभागिता निश्चित भएको आरम्भका प्रधानाध्यापक नरेशप्रसाद श्रेष्ठले जनाएका छन्। आयोजकका अनुसार प्रतियोगिताको तयारी पूरा भएको छ।

प्रतियोगितामा विभिन्न १० स्पर्धामा प्रतिस्पर्धा हुनेछ । ब्वाइज÷गल्र्सतर्फ टिम तथा यु–१०, यु–१२, यु–१४ र यु–१६ ब्वाइज÷गल्र्स सिंगल्समा खेल हुनेछ। हरेक सिंगल्स स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ६ हजार, ३ हजार र १ हजार ५ सय नगद पुरस्कार प्राप्त गर्ने छन्।

प्रतियोगितामा सहभागी हुने आरम्भका खेलाडीलाई मंगलबार सफलताको शुभकामना दिदै टिसर्ट पनि प्रदान गरिएको थियो। प्रतियोगितामा सर्वाधिक स्वर्ण जित्ने टिमलाई टिम च्याम्पियन घोषणा गरी रनिङ सिल्ड प्रदान गरिने छ। प्रतियोगिता असोज २ गतेसम्म चल्ने छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको