काठमाडाैं। एडभान्स र बेबीलन आठौं माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा मंगलबार सेमिफाइनलमा प्रवेश गरेका छन्।
गोल्डेनपिकको संयोजन तथा व्यवस्थापनमा भइरहेको प्रतियोगितामा एडभान्सले विच किड्लाई ३२–२४ ले पराजित ग¥यो। एडभान्सका सक्षम थापाले ७ अंक जोडे। बेबीलनले लाइसियम मोडेललाई ३०–२९ को झीनोअन्तरले हरायो। बेबीलनका आदिशले ८ स्कोर गरे। सोही स्पर्धामा ज्ञान निकेतन र एलिक्सर एकेडेमी तथा गोल्डेनपिक र पिस प्वाइन्टबीच क्वाटरफाइनल हुन बाँकी छ।
म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ) को आयोजनामा सरस्वतीनगरस्थित गोल्डेनपिकमा भइरहेको प्रतियोगिताको गल्र्समा क्वाटरफाइनल समीकरण तयार भएको छ। क्वाटरफाइनल जगत मन्दिर र लाइसियम मोडेल, विच किड्स र नेपाल मेगा, एडभान्स र न्यु अरुणोदय तथा गोल्डेनपिक र क्याम्ब्रिजबीच हुनेछ।
जुनियर ब्वाइजमा सेमिफाइनल समीकरण बनेको छ। सेमिफाइनलमा गोल्डेनपिकको भेट ज्ञान निकेतनसंग हुनेछ भने सम्भावीले लाइसियम मोडेलको सामना गर्ने छ।