काठमाडौँ । इंग्लिस प्रिमियर लिगमा आर्सनल बराबरीमा रोकिएको छ।
शनिबार अर्सनलको घरेलु मैदान इमिरेट्स स्टेडियममा सम्पन्न खेलमा आर्सनल ब्राइटन १–१ गोलको बराबरीमा रोकिएको हो।
खेलको ३८औँ मिनेटमा काइ हाभर्डसले गोल गर्दै पहिलो हाफमा घरेलु टोलीलाई अग्रता दिलाएका थिए।
खेलको ४९औँ मिनेटमा आर्सनल डेक्लेन राइसले रातो कार्ड ब्यहोरेपछि घरेलु टोली १० खेलाडीमा समेटिएको थियो।
तर, ५८औँ जाओ पेड्रोले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए। त्यसपछि बाँकी समय थप गोल नहुँला दुबै टोलीले एक एक अंक बाँडे।
बराबरीसँगै आर्सनल दोस्रो स्थानमा उक्लिएको छ। भने ब्राइटन शीर्ष स्थानमा उक्लिएको छ।


