एसियाली टेबलटेनिसमा २ खेलाडी


एसियाली टेबलटेनिस च्याम्पियनसिपको २७औं संस्करणमा नेपालबाट २ खेलाडी सहभागी हुने भएका छन्।

अखिल नेपाल टेबलटेनिस संघले आयोजना गरेको छनोट प्रतियोगिताबाट समान १–१ पुरुष÷महिला गरी २ खेलाडी छनोट गरिएको टेबलटेनिस संघका महासचिव कुँवेर सिंहले जनाएका छन्।

पुरुषमा संयोग कपाली र महिलामा इभाना थापा मगर छनोट भए। दुवै शीर्ष स्थानमा रहँदै छनोट भएका हुन्। एसियाली टेबलटेनिस काजाकस्तानमा अक्टोबर ७ देखि १३ तारिखसम्म हुनेछ । सोही छनोट प्रतियोगिताबाट पुरुष÷महिलामा शीर्ष १६ वरीयताका खेलाडी पनि निर्धारण गरिएको महासचिव सिंहले बताए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको