
जेभियर इन्टरनेसनल कलेज प्रथम अन्तरकलेज छात्रा बास्केटबल प्रतियोगितामा बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ।
प्रोफेसनल एडुकेसन कन्सल्टेन्सी (पीइसी) द्वारा आयोजित प्रतियोगितामा जेभियरले अत्तिरिक्त समयमा रातो बंगलालाई ३०–२१ ले पराजित ग¥यो। जेभियरकी पेम्बा डोमा शेर्पाले १९ अंक जोडिन्। जितसंगै जेभियर समूह ‘ए’ को विजेता बन्यो । हारका बावजुद रातो बंगला पनि समूह उपविजेता हुँदै सेमिफाइनलमा पुग्न सफल भयो।
सानागाउँस्थित रोयल स्पोर्ट्स सेन्ट्रलको कोर्टमा भइरहेको प्रतियोगितामा गोल्डेनगेट इन्टरनेसनल कलेजले ल्यान्डमार्क एकेडेमीलाई ३८–१२ ले हराउदै सेमिफाइनलमा पुग्यो। विजयी टिमका लागि श्रेया गुरुङले १० स्कोर गरिन्। गोल्डेनगेट समूह ‘बी’ को विजेता भयो। ल्यान्डमार्क पनि समूह उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश ग¥यो ।
अर्को महत्वहीन खेलमा कान्जिरोवाले ट्रिटन इन्टरनेसनल कलेजलाई ३३–११ ले पाखा लगायो। कान्जिरोवाकी अनिशा बोहराले २० अंक जोडिन्। यससंगै सेमिफाइनल समीकरण तयार भएको छ। सेमिफाइनल जेभियर र ल्यान्डमार्क तथा गोल्डेनगेट र रातो बंगलाबीच हुनेछ। सेमिफाइनल शुक्रबार हुनेछ।