गोर्खाली च्याम्पियन्सिप भदौँ २२ गते


काठमाडौँ । गोर्खाली च्याम्पियन्सिप प्रतियोगिता भदौँ २२ गते शनिवार हुने भएको छ।

गोर्खाली च्याम्पियन्सिपले विहिवार ठमेलस्थित लर्डस अफ ड्रिन्क्स (एलओडी) मा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता २२ गते शनिवार आयोजना गर्ने जानकारी दिएको हो।

प्रतियोगितामा खेलाडीहरुले एममए र मुवाइ थाई विधामा एलओडीमा प्रतिस्पर्धा गर्नेछन्।

नेपालबाट २८ जना खेलाडीले सहभागिता जनाउने छन्। त्यस्तै प्रतिगोगितामा विभिन्न देशका अन्तर्राष्ट्रिय फाइटरको पनि सहभागिता रहने छ।

प्रतियोगितामा जम्मा १४ वटा फाइटहरु हुनेछन्। प्रतियोगिताको टिकट मूल्य रेगुलर तर्फ तीन हजार रुपैयाँ रहदा रिङ साइडमा पाँच हजार रुपैया रहेको छ। भिआइपि साइडको टिकट सोल्ड आउट भइसकेको आयोजकले बताएको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको