ब्राजिलको संघर्षपूर्ण जित


काठमाडौं । विश्वकप छनोटमा ब्राजिलले इक्वेडरमाथि संघर्षपूर्ण जित हासिल गरेको छ।

शनिबार बिहान भएको खेलमा ब्राजिलले इक्वेडरमाथि १–० को जित हासिल गरेको हो।

जितसँगै ब्राजिलले तालिकामा दुई स्थान सुधार गरेको छ। सात खेलको समाप्तिमा ब्राजिल १० अंकसहित चौथो स्थानमा छ।

इक्वेडर भने समान खेलमा आठ अंक जोड्दै छैटौं स्थानमा छ। रोड्रिगोले ३०औं मिनेटमा लुकास पाकेटाको पासमा गोल गरेका थिए।

पेनाल्टी बक्सबाहिरबाट गरेको प्रहार गरेको बलले सीधै जाली चुम्यो। त्यसपछि खेलमा थप गोल निस्किन सकेन र ब्राजिलले तीन अंक सुरक्षित गर्‍यो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको