साफ यु–१७ का लागि नेपाली टोली घोषणा


काठमाडौं । साफ यु–१७ च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा भएको छ। मुख्य प्रशिक्षक सनोज श्रेष्ठले सोमबार २३ सदस्यीय टोली घोषणा गरेका हुन्।

प्रतियोगिता सेप्टेम्बर २० देखि ३० सम्म भुटानमा हुँदैछ। समूह ‘बी’ मा नेपाल, घरेलु टोली भुटान, श्रीलंका र पाकिस्तान तथा समूह ‘ए’ मा भारत, माल्दिभ्स र बंगलादेश छन्।

नेपालले सेप्टेम्बर २१ मा पाकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । यसैगरी नेपालले सेप्टेम्बर २३ मा श्रीलंका र २५ मा भुटानको सामना गर्नेछ।

नेपाली टोली
गोलकिपरः पेम्बानुर्बु भोटे, रामबहादुर बोहरा, भक्तबहादुर परियार
रक्षकः शरण एसके, प्रशान्त मोक्तान, जीवन गुरुङ, सुजलमान घले, निशानराज लावत, भुवन कामी, एकराज विश्वकर्मा
मिडफिल्डरः कृष्णबहादुर आले, जोन विष्ट, पवन पाख्रिन, सबिनय कटुवाल, अनुभव पुरी, लक्ष्मण थामी, विज्ञान खड्का, सुवास बम, एलिक श्रेष्ठ, सविनकुमार लुंगेली
फरवार्डः रोहित श्रेष्ठ, सन्तोष गोङ्वा, सुजन डंगोल


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको